अछाम।राष्ट्रिय स्वतन्त्र पार्टी ढकारी गाउँपालिका समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसहमतिका साथ नेतृत्व निर्वाचित गरिएको हो।नवनिर्वाचित कार्यसमितिको सभापतिमा तारा प्रसाद भण्डारी,उपसभापतिमा सिद्धराज नेपाली,सचिव तपेन्द्र बुढा लगाएतको नौ सदस्यीय पालिका समिती गठन भएको रास्वपा अछामले बताएको हो ।उक्त कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। वक्ताहरूले संगठन विस्तार, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने विषयमा जोड दिएका थिए।
नवनिर्वाचित सभापति भण्डारीले गाउँपालिकामा पार्टीलाई थप सशक्त बनाउँदै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्



























