विज्ञापन

सरकार पुनर्गठन गर्ने जेलेन्स्कीको घोषणा, प्रधानमन्त्री पनि नयाँ नियुक्त गर्ने

विज्ञापन
Image
विज्ञापन

२९ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । तर, जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसकेका छैनन् । र, परिवर्तनको कारण पनि खुलाउका छैनन् ।

‘म स्विरिडेन्कोलाई प्रधानमन्त्रीको रूपमा उहाँको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उहाँको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु’, उनले भनेका छन्, ‘म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौं । कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।’

जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरेकाका थिए । एक्समा जारी विज्ञप्तिमा जेलेन्स्कीले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गरेका छन् । यसमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख छ ।

उनले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक-फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको पनि बताउका छन् । ‘हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेका छौं’, जेलेन्स्कीले थप स्पष्ट पारेका छन् ।एजेन्सी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन