विज्ञापन

ट्रम्पको दाबी: अघिल्लो चुनावमा धाँधली भएको थियो, चीनले २२ करोड अमेरिकीको डाटा चोर्‍यो

विज्ञापन
Image
विज्ञापन

१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चुनावी सुरक्षाको विषयमा राष्ट्रको नाममा विशेष सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा उनले सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको पुरानो दाबीलाई पुनः दोहोर्‍याउँदै अमेरिकी जासुसी संस्थाहरूमाथि गम्भीर आरोप लगाएका छन्।

ट्रम्पले ह्वाइट हाउसबाट केही गोप्य चुनावी सुरक्षा कागजातहरू सार्वजनिक गर्दै चीनले २०२० को चुनावमा २२ करोड अमेरिकी मतदाताको डाटा चोरेको सनसनीपूर्ण दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सम्बोधनमा २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप लगाए । उनले अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को अनुसन्धानलाई उद्धृत गर्दै संघीय चुनावका लागि करिब २ लाख ७८ हजार गैर-नागरिकहरू मतदाताको रूपमा दर्ता भएको दाबी गरे।

डेमोक्र्याट शासित राज्यहरूले डाटा नदिएका कारण वास्तविक सङ्ख्या यो भन्दा धेरै हुन सक्ने उनको भनाइ छ।

ट्रम्पले भोटिङ मेसिन ह्याक हुने खतराबारे पनि बोलेका छन् । अमेरिकी भोटिङ मेसिन, मतदाता डाटाबेस र मतपेटिका गणना गर्ने प्रणालीहरू साइबर आक्रमणको उच्च जोखिममा रहेको ट्रम्पले बताए। उनले रुस, चीन, इरान र उत्तर कोरियालाई यसको प्रमुख सम्भावित खतराको रूपमा औंल्याए।

ट्रम्पले चुनाव सुरक्षासँग जोडिएका गोप्य कागजातहरू सार्वजनिक गर्ने घोषणा गर्दै राष्ट्रिय जासुसी निर्देशक, एफबीआई, सीआईए र न्याय विभाग (डीओजे) लाई यस विषयमा गहिरो अनुसन्धान गर्न र दोषी अधिकारीहरूमाथि आपराधिक मुद्दा दर्ता गर्न निर्देशन दिएका छन्।

सम्बोधनको क्रममा ट्रम्पले मिडियामाथि आक्रोश पनि पोखे । उनले प्रमुख अमेरिकी टेलिभिजन नेटवर्कहरू एनबीसी र एबीसीले आफ्नो सम्बोधन प्रत्यक्ष प्रसारण नगरेको भन्दै कडा आक्रोश पोखेका छन्।

उनले मिडियाको एउटा तप्का चुनावी धाँधली लुकाउने षड्यन्त्रमा सामेल भएको र जनताको विश्वास तोड्ने मिडियाको ब्रोडकास्ट लाइसेन्स खारेज हुनुपर्ने चेतावनी दिए।

सम्बोधनको क्रममा उनले चुनावी प्रणालीमा सुधारको आवश्यकतामाथि जोड दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन