नेपाल नागरिक उड्डयन प्राधिकरणमा कांग्रेस,एमाले लाई हराउदै माओवादी केन्द्र निकट नेपाल राष्ट्रीय कर्मचारी संगठन बिजय भएको छ !कांग्रेस र एमाले समर्थक कर्मचारीलाई हराउदै माओवादी निकट संगठनले बिजय हासील गरेको हो !
२०८१ फाल्गुन ९ गते शुक्रवार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल राष्ट्रीय कर्मचारी संगठनले बिजय हासिल गरेको हो । निर्वाचनमा माओवादीलाई समर्थन गर्ने नेपाल राष्ट्रीय कर्मचारी संगठनले २०२ मत, सत्तारुढ कांग्रेस निकट लोकतान्त्रीक कर्मचारी संघले १९४, एमालेलाई समर्थन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनले १५३, मधेश तराई कर्मचारी युनियनले २२ र कर्मचारी एकता मंचले जम्मा ५ मत प्राप्त गरेका छन ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक दमन रावलले सत्ता दवदवाका बिचमा भएको प्रतिस्पर्धामा नेराकसलाई नै बिजयी हासील गराएकोमा सबैप्रति आभारी ब्यक्त गरेका छन । यसअघि सो संगठनको अध्यक्ष रहेका श्रवण यादवले प्राधिकरणलाई माया गर्ने आम कर्मचारीको जित मानेका छन भने संगठनका बर्तमान अध्यक्ष सुवास कोईरालाले संस्थाको समृद्धि र कर्मचारीको हकहितमा उत्प्रेरणा थपिएको बताएका छन!
नेपाल नागरिक उडयन प्राधिकरणका देशैभरका कर्मचारीहरुले गरेको मतदानपछि शुक्रवार राति मतगणनाको परिणाम सार्वजनिक भएको थियो ।
हेर्नुहोस मतपरिणाम

























