नेकपा माओवादी केन्द्र पञ्चदेवल विनायक नगरपालिका-९को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ !माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष जोरासिंह शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेस कमिटी सदस्य एंवम पञ्चदेवल विनायक नगरपालिका इन्चार्ज नरेन्द्र बोहोरा (सनम) रहनु भएको थियो!नेता बोहराले सम्बोधनका क्रममा माओवादी केन्द्रलाई जन्तासंग जोड्दै नगरपालिका सरकारको आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउनका लागि नेताकार्यकर्ताहरु अहिले देखीनै लाग्नु पर्ने बताउनु भएको हो!कार्यक्रमको अतिथिमा महिला नेतृ सोधारा ,नेता शाही राम बहादुर शाही लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन विकेस थापा मगरले गर्नुभएको थियो !अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा गोविन्द रोका मगर सर्वसम्मत चयन हुनुभएको छ भने जसको उपाअध्यक्ष राम बहादुर शाही ,सचिव खडक टमट्टा,सह सचिव हिक्मत ल्वार, भिम विक ,कोषाध्यक्ष शान्ती दास लगायतको २५सदस्यीय वडा कमिटि निर्वाचित भएको छ!


























