विज्ञापन

अछाममा घर लिपपोतका लागि माटो  निकाल्ने क्रममा   ढिस्को बाट पुरिदा दुई महिलाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

अछाम ।

सुदुरपश्चिम प्रदेश अन्तर्गतको अछाम  जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर -८, ओलिगाउँ सुतुडामा घर लिपपोतका लागी माटो खन्ने क्रममा मााथीबाट ढिस्को  खस्दा दुई महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएको घटनास्थलमा रहेका स्वास्थ्यकर्मी पुष्प बोहराले जानकारी दिनुभयो।

मृत्यु हुनेमा स्थानीय देउरुपा बोहरा र विनिता बोहरा अन्दाजी ३०–३५ वर्षका रहेका छन् । उनीहरु जेठानी देउरानी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्यकर्मी बोहराका अनुसार माटोको ढिस्को ठूलो भएकाले अझै भित्र अरू पनि फसेका हुन सक्ने आशंका गरिएको छ । घटनापछि स्थानीयबासी उद्दार कार्यमा जुटेका छन् भने प्रहरी पनि घटनास्थल पुगेको छ । ।चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गरेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन