अछाम:अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार कुँवर पुनः त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा निर्वाचित भएका छन् ।अघिल्लो कार्यकालमा आफुले गरेका कामहरुको मुल्यांकन गरेर संगठनले पुन: जिम्मेवारी सहित चुनावी मैदानमा पठाएको उहाले बताउनु भयो!
निर्वाचित भएसंगै आगामी दिनमा क्यामपसको भौतिक ,आर्थिक अवस्था र शैक्षिक गुणस्तर लाई सुधार्न लाग्नुका साथै बिधार्थीका हकहितका लागि काम गर्न आफु लागीपर्ने बताउनुभएको हो !मनोनयन दर्तामा अन्य कुनै संगठनको दर्ता नपरेको हुदा कुवर स्ववियु सभापति निर्विरोध निर्वाचित भएका हुन!
प्रतिक्रिया जनाउनुहाेस्























