काठमाडौ,
त्रिभुवन विश्वविद्यालय मातहतका क्यामपसहरुमा आसन्न चैत्र ५गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुन गैरहेको छ! निर्वाचन नजिकिए संगै क्याम्पसहरुमा संघ,संगठनका गतिबिधिहरु तिव्ररुपमा बढिरहेका छन !चैत्र ५गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल कमर्श क्याम्पस काठमाडौमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ!मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसंगै उक्त क्याम्पको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीबाट सकृय विद्यार्थी नेता काशीराम जैसीलेको नेतृत्वमा प्यानल दर्ता भएको छ !जैशी समाजवादी मोर्चा अन्तरगतको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,नेकपा एस निकट अनेरास्ववियू र धर्मेन्द्र बास्तोला पक्षधरको अखिल क्रान्तीकारी बहुमत बाट गठबन्धनका साझा उम्मेद्वार रहेका छन!गठबन्धन प्यानलबाट अनेरास्ववियूका नेता सन्देश कुमार थिङ सचिवमा , अखिल क्रान्तिकारी महुमतकि नेतृ सम्झना खडका कोषाध्यक्ष पदमा रहेका छन भने सदस्य पदमा कृष्ण प्रशाद जैशी ,दिपक परियार विशाल कडेल ,एकराज यादब,दिप्तिका मिश्र ,पुर्णमान श्रेष्ठ रहेका छन!
सभापतिमा पदमा उम्मेदवारी दर्ता गराए संगै सुदुरपश्चिम प्रदेश बाट राजधानीमा सकृया रुपमा परिचित विद्यार्थी नेता काशीराम जैशीले आफ्नो उद्देश्य विद्यार्थीहरुको हक-अधिकारको सुनिश्चितता सहित शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै पठनपाठनलाइ smart learning system मा स्तरोन्नति , बैंकिङ प्रणालीको झन्झटिलो शुल्क प्रकृयालाइ सहजीकरण ,NCC र Teaching Hospital बिचको सम्झौतामा कार्यान्वयन ,शुल्क वृदीको खारेजी, क्याम्पस परिसरको वातावरणमा सुधार, छात्रवृत्ति सुविधामा वृद्धि गर्नका लागि आफू लागीपर्ने बताउनु भएको हो !साथै क्याम्पसमा पारदर्शिता तथा सुशासनको प्रवर्धन गर्नुका साथै क्याम्पसभित्रका अनियमितता, बेथिति, र विकृतिहरूको अन्त्य गर्दै युवाहरूको वास्तविक आवाज बन्नका लागि स्ववियुको संस्था लाई निष्पक्ष विद्यार्थीहरुको साझा अभिभावकको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो!
वि.स.२०६५ साल भन्दा पछि स्वबियु निर्वाचन हुन नसकेको नेपाल कमर्श क्याम्पसमा यसपटक निर्वाचन हुने भएको छ। नेविसंघ बाट सभापतिमा रविन वली,अनेरास्ववियु बाट विशाल रोकायाको उम्मेदवारी रहेको निर्वाचनमा त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने भएको छ!
आगामी ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
























