विज्ञापन

कैलाश बहुमुखी क्याम्पस अछाममा  स्ववियु विवाद तिन संगठन द्वारा बिज्ञप्ति  जारी

विज्ञापन
Image
विज्ञापन

 त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कालागाउँ  बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ!मंगलसेन नगरपालिकाको १४ मा रहेको कालागाउँ बहुमुखी क्याम्पसमा चैत्र १गते मनोनय पत्र दर्ता  गर्ने कार्यतालिका रहेको थियो!उक्त क्यामपसमा नेविसंघ र एमाले निकट अनेरास्ववियुको गठबन्धन रहेको थियो भने अर्को तर्फ अखिल क्रान्तिकारी,अनेरास्ववियू र अखिल समाजवादी बिचको तालमेल रहेको थियो ! मनोनयन पत्र दर्ताको दिन समाजवादी मोर्चा निकट संयुक्त संगठनले मनोनयन दर्ता गर्न खोज्दा निर्वाचन समितीले आनाकानी गरेको र क्याम्पस प्रशासनका प्राध्यापकहरु नै फिल्डमा आएर नेविसंघ र अनेरास्ववियुको प्रचार,प्रसार गर्दै समाजवादी मोर्चाको संगठनलाई तथानाम र असभ्य बोली प्रकट गरेको स्रोतले बताएको हो! क्याम्पस प्रशासन र निर्वाचन समितिको एकलौटी बिषयले स्वच्छ निर्वाचन हुन नसक्ने भएको र यसका लागि स्वतन्त्र निर्वाचन समिती गठन हुनुपर्ने माग सहित समाजवादी मोर्चा निकट संगठनले तालाबन्दी लगाएको   मोर्चा निकट विद्यार्थी संगठनले जनाएको हो!उक्त क्याम्पसमा तालाबन्दी लागे संगै निर्वाचन समितीले आफू अनुकुल अनेरास्ववियु र नेविसंघ को सयुक्त प्यानललाई मात्र मनोनयन पत्र वितरण गरि मनोनयन दर्ता गरेको बताइएको छ !
निर्वाचन कार्यालयमा तालाबन्दी हुदाहुँदै कुनै छलफलै नगरी निर्वाचन समितिले गरेको एकलौटी निर्णय मार्फत सार्वजनिक गरिएको अवैधानिक स्ववियु समितीलाई खेद प्रकट गर्दै अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष पंकज साउद ,नेकपा एस निकट अनेरास्ववियूका अछाम इन्चार्ज टेक बटाला र अखिल समाजवादी का अध्यक्ष एकेन्द्र विक द्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ!
विज्ञप्ति हेर्नुहोस 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन