विज्ञापन

सांसद डा.सुनिल शर्माको नेतृत्वमा कालिकोटका एक सय विरामीलाई निःशुल्क उपचार सुरु

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले फागुन ६ र ७ गते कालिकोट जिल्लाको शुभकालीका गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी विरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ। उक्त शिविरमा एक सय जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो।

उनीहरुको काठमाडौं मेडिकल कलेजमा उपचारको हुदैगर्दा सांसद डा.सुनिल शर्मा स्वयं अस्पतालमा बिरामीहरूलाई भेट्न पुगेका थिए । उनले निःशुल्क उपचारको सुनिश्चितता गर्दै औषधि किन्न नसक्ने विपन्न विरामीहरूका लागि आवश्यक औषधिको निःशुल्क व्यवस्थापनसमेत गरिदिएका छन् ।

डा.शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। यस सेवाले स्वास्थ्य सुविधाबाट बञ्चित गरिब तथा दुर्गम भेगका जनतालाई जीवनरक्षक उपचार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।

उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था गरेका छन् । साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । सांसद शर्मा प्रतिनिधिसभाको एक मात्र तलब भत्ता नलिने सांसद हुन्। उनले आफ्नो जीवन समाजसेवा र मानवताका लागि समर्पित गर्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन