विज्ञापन

कांग्रेस अछामले प्रजिअ लाइ बुझाएको ध्यानाकर्षण पत्रमा के छन माग

विज्ञापन
Image
विज्ञापन

अछाम जिल्लाका समसामयिक विषयमा नेपाली काँग्रेस अछाम द्वारा अछामका प्रमुख जिल्ला अधिकारीलाई  ध्यानाकर्षण पत्र बुझाईएको छ । जिल्ला सह-सचिव दिनेश कुमार स्वारको नेतृत्वमा गएको टोलिले अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साललाई ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा जिल्लाको विकास निर्माणका विषयमा भैरहेको ढिलासुस्तीका विषयमा तत्काल निर्माण व्यवसायिहरुलाई बोलाएर छलफल गरिनुपर्ने, चैत्र २ गतेको हावाहुरीले अछाम दरबारको छानोमा क्षति भएकोले तत्काल मर्मत गरि संरक्षण गर्नुपर्ने, लागु औषध ओसारपसार र प्रयोगकर्ताको अनुसन्धान गरि नियन्त्रण गरिनुपर्ने विषय समेटिएका छन ।

‎यस्तै अछामबाट बाहिर जिल्ला जाने र जिल्ला भित्र चलिरहेका यातायातको भाडादरबारे,अछामका स्थानिय बजारमा मनलागी चर्को मुल्य र म्याद नागेका सामानको प्रयोगले जनजिवनमा पारेको असरको बारेमा बजार अनुगमन मूल्य नियन्त्रण गर्नुपर्ने ध्यानाकर्षण, बजार क्षेत्रमा अव्यवस्थीत सवारी साधन पार्किडग निर्माण सामांग्रीलाई ब्यावस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षणका लागि पार्टीका महादिवेशन प्रतिनिधि पदमराज अधिकारी, जिल्ला पार्टी प्रवक्ता पदम शाह, नेताहरु जनकराज भण्डारी, राजेशबाबु बाेगटी लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन