कैलाली जिल्लामा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ९ क्याम्पसकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ ।
सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्व नेविसंघले पाँच क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले चार क्याम्पसमा जित निकालेकाे छ ।
तर नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा जित निकाल्न सकेकाे छैन् ।
नेविसंघ निर्वाचित क्याम्पस
-ऐश्वर्य बहुमुखी क्याम्पस
-फुलवारी बहुमुखी क्याम्पस
-बिरेन्द्र बहुमुखी क्याम्पस
-मोहन्याल बहुमुखी क्याम्पस
– रघुनाथ बहुमुखी क्याम्पस
अखिल क्रान्तिकारी निर्वाचित क्याम्पस
– खप्तड बहुमुखि क्याम्पस मसुरिया कैलाली
– बुलबुले बहुमुखी क्याम्पस पहलमानपुर कैलाली
– राष्ट्रिय बहुमुखी क्याम्पस सुखड कैलाली
– लम्कि बहुमुखी क्याम्पस लम्कि कैलाली ४ हुन
अनेरास्ववियु- शून्य (0)
नेविसंघले प्यानलसहित धनगढीकाे फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जाेशी), भजनीकाे माेहन्याल बहुमुखी (झंकर बुढा), जाेशीपुरकाे रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरकाे बिरेन्द्र बहुमुखी क्याम्पसमा (गाेपाल खत्री)एंश्वर्य क्याम्पस धनगढीमा जितेकाे छ ।
यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले
चार क्याम्पसमा जितेकाे छ ।
लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा(विवेक चाैधरी) र सुखडकाे राष्ट्रिय कलेजमा (सुन्दर गाैतम ) र खप्तड क्याम्पसमा जितेकाे छ
चाैमाला बहुमुखी क्याम्पसकाे सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार याेगेन्द्र कुमार जाेशीले १२५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुन: मतगणना हुनुपर्ने माग गरेकाे छ ।
घाेडाघाेडी बहुमुखी क्याम्पस र बर्दगाेरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेकाे छैन् ।























