विज्ञापन

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको बिजयलाइ लिएर प्रचण्ड उत्साहित

विज्ञापन
Image
विज्ञापन

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीनिकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दाहालले यस्तो बताएका हुन्। उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको आफ्नो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन्।

उनले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टीनिकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन