अछाम
नेपाल कम्युनिष्ट पार्टी अछामका नेता एंवम केन्द्रिय प्रतिनिधि समिती सदस्य , तुर्माखांद गाउपालिका इन्चार्ज तिलक सि रिहाइ हुनुभएको छ !स्ववियु निर्वाचनमा कैलाश बहुमुखी क्याम्पस कालागाउमा खटिएका वेला जिल्ला प्रहरी कार्यालयले अछामले प्रकाउ गरेको हो ! स्ववियु विशेष सर्वपक्षीय छलफलका लागि बोलाइएको बैठक बाट एकाएक नियोजित तरिकाले प्रकाउ गरिएको नेकपा अछामले जनाएको हो!प्रतिबन्धका वेला राज्य विरुद्धको कसुरमा लागिएको मुद्दामा उहांलाइ प्रकाउ गरिएको थियो ! विगतमा नेपाल सरकार र नेकपा विच भएको तीन बुदे सहमती विरुद्द आफ्ना नेता कार्यकर्तालाई राज्यले धरकपड गरि दुख दिरहेको नेकपा अछामका नेता निरक सि ले बताउनु भएको हो !
यसैगरी राज्यले एकतिर सहमती र अर्कोतिर धरकपड गरिरहे आम जन्ता र नेकपाले प्रतिकार गर्ने बताउनु भएको हो !
नेता सि को रिहाइ पछि नेकपा अछाम द्वारा एक समारोहका विच पार्टी कार्यालय अछाममा स्वागत कार्यक्रम गरिएको हो !कार्यक्रममा नेकपा अछाम इन्चार्ज मिना सि,जिल्ला सेक्रेटरी निरक सि लगायतका युवा विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो !
कार्यक्रममा जिल्ला इन्चार्ज मिना सि ले सम्बोधन गर्दै भन्नू भयो राज्यले धरकपड गरेर हतोत्साहित गर्न खोजेपनि परिवर्तनका लागि होमिएका युवाहरु विचलित नहुने बताउन भएको हो !साथै उहाँले राज्यको धरपकडले क्रान्तिकारी विचार लाई मार्न नसक्ने भन्दै झन ससक्त र जुझारु रुपमा अगाडी बढ्नु पर्ने बताउनु भएको थियो!


























