विज्ञापन

वंशको शासन भन्दा जनताबाट निर्वाचित शासन व्यवस्था नै देशको हितमा छ:महेश बर्तौला

विज्ञापन
Image
विज्ञापन

 नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक महेश बर्तौलाले एमाले अहिलेको संविधान ल्याउनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको निर्णायक शक्ति भएकोले व्यवस्थाको पक्षमा दृढताका साथ उभिने बताएका छन् । नेपाललाई अस्थिरतामा जागिदिनको लागि केही प्रतिक्रियावादी र विदेश शक्तिहरु सामेल भएको इतिहास भएकोले अहिलेपनि त्यो प्रयत्न भएको बर्तौलाको दाबी छ ।

उनले वंशको आधारमा सर्वोच्च आसनमा राख्ने कुरा नेपालमा अब सम्भव नभएको टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले एमालेले मुलुकलाई अराजकतातर्फ जान नदिने विश्वास दिलाए ।

उनले राजाहरुले देशको नेतृत्व गर्दा विकास र समानताको अवस्था खराब रहेको चित्रण गरे । वंशको शासनभन्दा जनताले निर्वाचित लोकतान्त्रिक शासन व्यवस्था नै नागरिकको हित हुने उनको दाबी छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन