काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि यहाँ आज निर्वाचन भएको हो ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो। जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो। तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै
अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो।




प्रतिक्रिया जनाउनुहाेस्

























