विज्ञापन

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारीमा कांग्रेस युवा नेता बिक नियुक्त

विज्ञापन
Image
विज्ञापन

अछामको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्ण बहादुर बिक नियूक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिकलाई कार्यकारी अधिकृत पदमा नियूक्त गरेको हो ।

यस अघि कार्यकारी अधिकृत रहेका गंगाबुढा मगरको कार्यअवधि समाप्त भएपछि बिकलाई मन्त्रालयले सो पदमा बिकलाई नियूक्त गरेको हो । रामारोशन गाँउपालिका वडा नं. २ सुतार निवासी बिकलाई समितिको गठन आदेश २०७६ को दफा ६ को उपदफा २ बमोजिम कार्यकारी अधिकृत पदमा नियूक्त गरिएको मन्त्रालयले जनाएको छ ।

चैत्र २७ गते माननिय मन्त्री लक्ष्मण किशोर चौधरीले बिकलाई रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आगामी कार्यकालका लागि कार्यकारी अधिकृत पदमा नियूक्त गरेका हुन् ।

कार्यकारी अधिकृत पदमा नियूक्त भएकोमा बधाई दिदैँ मन्त्री चौधरीले रामारोशन क्षेत्रको पर्यटन, धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थापन र विकासमा महत्वपूर्ण भुमिका निर्वाहको अपेक्षा गरिएको बताए ।

नव नियूक्त कार्यकारी अधिकृत बिकले रामारोशन क्षेत्रको विकास र पर्यटनमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन