विज्ञापन

कुलमान हटाउने निर्णय प्रचण्डका लागि छातीमा किलो ठोकेजस्तो भएका छः एमाले नेता बस्नेत

विज्ञापन
Image
विज्ञापन

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने निर्णय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लागि छातीमा किलो ठोकेजस्तो भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बस्नेतले कुलमान प्रचण्डको राम्रो स्पोन्सर रहेको बताए । उनले कुलमान हटाउने निर्णयले प्रचण्डलाई नराम्रोसँग धक्का लागेको पनि उनले सुनाए ।

‘प्रचण्डको निम्ति त यो ठूलै धक्काको विषय हो । किनभने प्रचण्डलाई अहिले स्ववियु चुनाव होस्, अथवा स्थानीय तहको चुनाव होस् । सबै कुरामा कु्लमानजी राम्रो स्पोन्सर हुन् । उनको छातीमा किलो ठोकेजस्तो भएको छ । अर्को कुरा मैले कुलमानलाई नियुक्त गरेर के–क न गरेँ भनेर प्रचण्ड रमाइरहेका थिए, त्यसमा पनि धक्का भयो,’– उनले भने ।

साथै, कुलमानले उद्योग धन्दालाई दैनिक १४ घण्टासम्म लोडसेडिङमा राखेर सामान्य ग्राहकहरुलाई विद्युत दिएको पनि बस्नेतले बताए । उक्त कार्यलाई महान भनेर ग्लोरिफाइ गरिनु आवश्यक नरहेको उनको भनाइ छ । ‘कुलमानले हिजो सेडिङमा धन्दा गरेका थिए । अर्बभन्दा माथिका ठेक्का जती सबै आफू र आफ्ना मान्छेलाई पार्थे । हिजो कुलमानजीले औद्योगिक क्षेत्रभित्र १२ घण्टा, १४ घण्टा लोडसेडिङ गरेर आम ग्राहकलाई मात्रै विजुली दिन्छे । आम ग्राहकलाई विजुली दिने कुरा सामान्य हो,’– नेता बस्नेतले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन