विज्ञापन

समाजवादी मोर्चाद्वारा आयोजित जनप्रदर्शन कार्यक्रमा नेकपा निकट युवाले सुरक्षा दिने

विज्ञापन
Image
विज्ञापन

समाजवादी मोर्चाको आज काठमाडौमा हुने जनप्रदर्शनमा सरकारले नियमित सुरक्षाकर्मी बाहेक ५५ सय सुरक्षाकर्मी थप गर्ने भएको छ । त्यस्तै नेकपा निकट युवा संगठनले समेत आजको कार्यक्रमको सुरक्षा गर्ने बताएको छ । समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ। नेकपा निकट युवा संगठनका अध्यक्ष दिनेश सीका अनुसार जनप्रदर्शनलाई व्यवस्थित गर्न हजारौं युवाहरु परिचालन गरिने बताएका छन् ।

त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ। दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्‍याली सुरु तय भएको छ। ४ दलका सबैतिरका र्‍याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन्।

हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पुर्‍याउने छ। दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।

‘त्यसका लागि नियमित ड्युटीको अलावा हामीले ३५ सयभन्दा बढी प्रहरी थप गरेका छौँ। त्यसमा सूचना संकलनका लागि सादा पोसाकका प्रहरीदेखि सडक यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी पनि खटिन्छन्,’ एसएसपी खनालले नेपालखबरसँग भने, ‘सवारी जाम हुन सक्ने भएकाले डाइभर्सनको व्यवस्था मिलाइएको छ। अवस्था हेरेर तत्काल निर्णय हुन्छ।’

यस्तै सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।

समाजवादी मोर्चाको र्‍याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। ललितपुरको कुपण्डोलबाट नेकपा माओवादी केन्द्रको र्‍याली सुरु हुनेछ। कुपण्डोलबाट थापाथली हुँदै त्रिपुरेश्वर पुगेर त्यहाँको पनि जुलुस मिसिने छ। त्यसपछि सुन्धारा, न्युरोड गेट, शान्तिवाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा पुग्नेछ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन