राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक, बयोवृद्ध नेता नवराज सुवेदीलाई उमेर र स्वास्थ्य कारण देखाउँदै सरकारद्वारा घरमै नजरबन्द गरिएको छ। चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नपाउने गरी उनलाई हाउस एरेष्ट गरिएको हो।
प्रदर्शनका क्रममा अश्रु ग्याँस खाएपछि सुवेदी मञ्च छाडेर हिँडेका थिए। आन्दोलन अराजक बनेपछि धवल शम्सेर, रविन्द्र मिश्र र स्वागत नेपाललाई समेत प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया जनाउनुहाेस्























