विज्ञापन

प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशनबाट नया नेतृत्व निर्वाचित

विज्ञापन
Image
विज्ञापन

काठमाडौं

प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ !राष्ट्रिय सम्मेलनबाट नया नेतृत्व चयनका लागी निर्वाचन भएको थियो !

काठमाडौंको थापागाउँमा राति अबेर सम्म सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै कमल गिरी अध्यक्षमा विजयी भएका हुन् । उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका पत्रकार हुन् भने रावल उपमहासचिव जनार्दन शर्मा निकट ।

निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका आचार्यले बताए ।

महासचिवमा मनोज घर्तीमगर विजय भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।

त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुल्लामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए ।

९९ सदस्यीय केन्द्रीय समिछि र २९ सदस्यीय पदाधिकारीमध्ये अन्य पदमा भने निर्विराेध भएकाे थियाे ।

प्रेस सेन्टर नेपाल नेकपा माअाेवादी केन्द्र निकट पत्रकारहरूकाे संगठन हाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन