विज्ञापन

नेकपा(एमाले)अछामको नवौं जिल्ला अधिवेसमा उप-सचिवमा नेत्र बहादुर शाहीको दावी,को हुन त उनी

विज्ञापन
Image
विज्ञापन

अछाम
नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन यहि १३गते सदरमुकाम मंगलसेनमा खुल्ला सत्र सम्पन्न भइसकेको छ !सम्मेलनको बन्द सत्र आज १४गते बाट सुरुहुने भएको छ !सम्मेलनको बन्द सत्र सुरु हुनेभए संगै विभिन्न पदहरुमा नेताहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्य भइरहेको छ !

नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशनबाट पार्टीलाई गतिशिल,चलायमान र जुझारु पार्टी निर्माण गर्ने उदेश्यका साथ एमाले अछामको जिल्ला उप-सचिव पदमा नेत्र बहादुर शाहीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ!

हेर्नुहोस यस्तो छ उहाको राजनीतिक पृष्ठभुमि :
ढकारी गाउपालिका वार्ड नम्बर -२निवासी नेत्र बहादुर शाहीले २०४९ साल बाट बिद्यार्थी काल देखि एमाले पार्टी लाई माया गर्दै, अनेरा स्व वि यु को जिल्ला कमिटी सदस्य पद बाट राजनीति सुरुवात गर्नुभएको थियो!सरल स्वभावका धनी नेता शाही   लामो समय सम्म प्रवास मा रहेर प्रवासी संघ को नगर कमिटी हुदै प्रदेश कमिटी सदस्य भएर काम गर्नु भएको थियो।

हाल एमाले निकट  अखिल नेपाल किसान महासंघको स्थायी कमिटी सदस्य समेत रहनु भएका शाही ,नेकपा एमाले अछाम जिल्लाको दुइ कार्यकाल जिल्ला कमिटी सदस्य समेत भइ काम गरीसकेको उहाँसंग लामो अनुभव छ!
नेता शाहीको उम्मेदवारी घोषणा संगै पार्टीमा सधै अग्रसर भइ इमान्दारीता पुर्वक पार्टीले दिएको जिम्मेवारी पूरा गरेको हुँदा,आगामी दिनहरुमा पनि सबैसंग समन्वय र सहकार्य गर्दै पार्टी निर्माणमा लागीपर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको हो !

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन