विज्ञापन

बैतडिको पाटन बाट दोस्रो चरणको अभियान सुरु गर्ने माओवादी केन्द्रको तयारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ ।नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट सुरु गर्ने तयारी गरेको छ ।
वैशाख २१ गते बसेको पदाधिकारी बैठकले जेठ २ गतेबाट मध्यपहाडी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । बैठकको निर्णय अनुसार अभियान बैतडीबाट सुरु भएर पूर्वको सोलुखुम्बुमा आएर टुंगिने उपमहासचिव गिरिराजमणि पोखरेलले रुपान्तरण खबर लाई जानकारी दिए ।
अभियानलाई व्यवस्थित र भव्य बनाउन महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरू पोखरेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सम्बन्धित प्रदेशको समन्वयमा अभियानका खाकाको तयारी गरिरहेको पोखरेलले जानकारी दिए । समय तालिका स्थानीय समितिको सिफारिसको आधारमा हुन्छ । संसदबाट बजेट प्रस्तुत भएपछि बाँकी कार्यक्रम तय हुन्छ’,रुपान्तरण खबर सँग उनले भने ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमा हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार फागुन १२ गतेदेखि नेपालकै होचो स्थान झापाको कचनकवलबाट अभियान सुरु गरी वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो । अभियानलाई सबैभन्दा अग्लो सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर टुंग्याउने उपमहासचिव पोखरेलले बताए ।
उनले भर्खर सम्पन्न भएको तराई मधेस जागरण अभियानले माओवादीलाई नयाँ रक्तसञ्चार गरेको दाबी गरेका छन् । समग्रमा अभियानले सफल भएको निष्कर्ष सुनाए ।
‘अभियानले जनताका समस्या प्रत्यक्ष रूपमा सतहमा आएको छ । सहिद, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारहरूका समस्या नेतृत्वले थाहा पाएको छ । कतिपय विकासका मुद्दाहरू बजेटमार्फत सम्बोधन हुनुपर्ने देखिन्छ । सबै खाले प्रतिगमनको भण्डाफोर गर्न यसले मद्दत गरेको छ’, उनले भने, ‘केन्द्रीय समिति बैठकपछि पार्टी नेतृत्व सिधै तलका कार्यकर्तासँग जोडिएको छ । अभियानले नयाँ रक्तसञ्चार पैदा भएको छ । पार्टी पुनर्गठनमा अभियानले मद्दत गरेको छ ।’अबको अभियानमा पनि जनसम्पर्क, अन्तरकृया, कोण सभा, विरोध सभा, सहिद तथा बेपत्ता परिवारसँग भेटघाटका कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए ।
पदाधिकारी बैठकले मुख्यतः जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा करिब एक करोड जनतासँगको भेटघाट, अन्तर्क्रिया र छलफल जस्ता कार्यक्रमले आमजनता र पार्टीपतिमा पारेको प्रभावका विषयमा संक्षिप्त समीक्षा गरेको थियो । साथै समग्रमा अभियान सफल भएको निम्न निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन