अछाम : बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले फिल्ड गइरहेको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ।
प्रतिक्रिया जनाउनुहाेस्



























