विज्ञापन

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेल नेतृत्वको प्यानल भिड्दै

विज्ञापन
Image
विज्ञापन

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा मतदान प्रक्रिया अझै सुरू हुन सकेको छैन।

मंगलबार राति २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो।

  • बुधबार बिहान दाबी विरोधको प्रक्रिया टुंग्याएर १० बजेदेखि मतदान सुरू गर्ने भनिए पनि रुजुको काम भइरहेको निर्वाचन समितिका रश्मी आचार्यले जानकारी दिए।

उनका अनुसार अहिले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ।

‘उमेरहदको प्रबन्ध छ, उम्मेदवारहरूको विवरण रूजु गर्नुपर्नेछ। त्यसमै समय लागिराखेको छ,’ उनले भने।

एमाले संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
१ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ।
अनेरास्ववियुमा अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी भइराखेको छ। तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेल र डा. सुजन कडरियाले छुट्टाछुट्टै समूह बनाएर मत मागिरहेका छन्।

प्रकाश पौडेलको समूहबाट महिला उपाध्यक्षमा अघि आरती भट्टराई र खुला उपाध्यक्ष उम्मेदवारको टुंगो लाग्न बाँकी छ। पौडेल समूहले राजकुमार ढकाललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

महासचिवमा आरके रोमशको टुंगो लागेको छ। उमहासचिव र सचिवहरू तय हुन बाँकी रहेको महासचिवका उम्मेदवार रोमशले बताए।

डा. सुजन कडरिया समूहले भने उपाध्यक्षमा अञ्जना शिवाकोटीलाई महिला उपाध्यक्षमा अघि सारेको छ। विकास श्रेष्ठ र राजकुमार ढकालमध्ये एकलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। उक्त समूहबाट महासचिव दीपक धामी उम्मेदवार बनेका छन्।

उपमहासचिव प्रेमिका शाहीलाई बनाउने तयारी भइरहेको महासचिवका उम्मेदवार धामीले बताए।

खुला उपाध्यक्षतर्फ ढकाल र श्रेष्ठ अतिरिक्त भरत धामी, धर्मेन्द्र केसी लगायतको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षातर्फ भट्टराई, शिवाकोटीका अतिरिक्त भवानी बजगाईं, सुनीता धितालको उम्मेदवारी परेको छ।

महासचिवमा धामी, आरके रोमशका अतिरिक्त सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए।

मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो।

अध्यक्ष मण्डलका तर्फबाट डा. सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो।

पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो। अनेरास्ववियुको महाधिवेशन काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जेठको २५ गतेदेखि जारी छ विद्यार्थी आन्दोलन संगै दुर्गम क्षेत्रका  बिरामीको उपचार गर्दै जनताको सेवा गर्दै आयका कडरिय  र विद्यार्थी आन्दोलन नयाँ ढंगबाट उपचार गर्ने बताउदै आयका पौडेल बिच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन