विज्ञापन

अस्ट्रेलियाको बिग ब्यासमा कुनै पनि टोलीले लिएनन् नेपाली खेलाडीलाई

विज्ञापन
Image
विज्ञापन

अस्ट्रेलियाको बिग ब्यास लिगको विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ खेलाडी टिममा आबद्ध हुन भने असफल भएका छन्।

आगामी सिजनका लागि गरिएको ड्राफ्टमा नेपलका ६ खेलाडी थिए। तर ६ जना नै बिहीबार भएको ड्राफ्टम बिक्री हुन सकेनन्।

ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद थिए। लामिछानेले यसअघि पनि लिग खेलिसकेका छन्। पछिल्ला सिजन भने उनी लिगमा आबद्ध थिएनन्।

यो ड्राफ्टका लागि खेलाडी स्वयम्ले आफ्नो न्यूनतम तलब राख्दै मनोनयन गरेका थिए।

खेलाडीले श्रेणीअनुसार न्यूनतम १ लाख ३० हजार अष्ट्रेलियन डलरदेखि अधिकतम ४ लाख २० हजार अष्ट्रेलियन डलर तलब पाउने व्यवस्था छ।
प्रत्येक टिमले कम्तिमा दुई र बढीमा तीन विदेशी खेलाडी छनोट गरेका छन्। आठ टोलीले १५ विदेशी खेलाडी छनोट गरेका हुन्।

बिबिएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हीट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन