नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा पनि चुनाव हुने भएको छ।बिहीबारदेखि सुरू भएको १४ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी दर्ता भइरहेको हो। महाधिवेशन काठमाडौं बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ।
शुक्रबार राति अध्यक्ष मण्डल गठनलाई लिएर केहीबेर विवाद समेत देखिएको थियो। नाराबाजी हुन थालेपछि अध्यक्ष मण्डलमा रहेका केही नेताहरूले हल छाडेर हिँडेका थिए।
शनिबार भने निर्बाध निर्वाचन प्रक्रिया अघि बढेको प्रतिनिधिले बताएका छन्।
एक प्रतिनिधिका अनुसार अध्यक्षमा निवर्तमान महासचिव हंशबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। शाही संगठनको दुई कार्यकाल महासचिव भइसकेका छन्। उनले प्यानलनै अघि सारेका छन्। उनको महासचिवका रूपमा प्रकाश खनालले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै निवर्तमान गण्डकी प्रदेश इन्चार्ज यमबहादुर कुँवरले पनि उम्मेदवारी दर्ता गरेका छन्। उनका महासचिवका रूपमा सुरेन्द्र घिमिरे मैदानमा छन्। निवर्तमान उपाध्यक्ष कमला थापाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छिन्। उनको समूहबाट सूर्य बराल महासचिवको उम्मेदवारको रूपमा देखा परेका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठनको जारी अधिवेशनमा ४७८ जना प्रतिनिधि



























