काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यहरू सम्हाल्नका लागि उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकेको जानकारी दिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्



























