विज्ञापन

शासकीय सुधार आयोगमा कांग्रेसका खड्का र एमालेका बादल सदस्य नियुक्त

विज्ञापन
Image
विज्ञापन

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गठन गरिएको शासकीय सुधार आयोगमा सदस्यहरू नियुक्त गरिएको छ । राजनीतिक दलका तर्फबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई नियुक्त गरिएको छ । गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । दुई महिनापछि १५ सदस्यीय आयोगले पूर्णता पाएको हो । गत १३ असारमा आयोगलाई पूर्णता दिइएको हो ।

आयोगमा विज्ञ सदस्यका रूपमा तीनजना नियुक्त गरिएको छ । पूर्वसचिवहरू राजन खनाल र यामकुमारी खतिवडा तथा पूर्वबैंकर वर्षा श्रेष्ठलाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको छ । निजी क्षेत्रका तर्फबाट त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरेलाई सदस्यमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । आयोगमा अन्य सदस्यहरू भने पदेन छन् । अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, संघीय मामिलामन्त्री राजकुमार गुप्ता सदस्य छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीलाई सदस्यसचिव तोकिएको छ । गत ४ असारमा आयोगको पहिलो बैठक बसेको थियो । प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै अर्काे बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन