असार २१ काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सल्लाहाकार नेपाली कम्युनिस्ट आन्दोलनमा जीवन समर्पित गरेकी क्रान्तिकारी योद्धा स्व. सीता दाहाल को
जन्म २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको सन्तानका रुपमा जन्मिएकी हुन ।नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्नी दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् । पार्टी कामका लागि पञ्चायती कालमा लामो समय भूमिगत जिवन विताएकी दाहाल देशमा माओवादी जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।
करिब १० वर्षसम्म चलेको माओवादीको भूमिगत सशस्त्र युद्धका वर्षहरुमा दाहालले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गरेकी थिइन्
पार्किन्सन जस्ता विभिन्न रोगबाट अचेत अवस्थामा रहेकी दाहालको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा २०८० असार २७ गते निधन भएको थियो ।
हाल भरतपुर महानगरपालिका वडा नं १४ की स्थायीबासीका रुपमा रहेकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरका रुपमा राजनीतिमा सक्रिय छिन् । अर्की छोरी गंगा दाहाल नेकपा माओवादी केन्द्रको केन्द्रिय सदा एबम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रुप राजनीतिमा सक्रिय छिन् ।
कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ। उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकी छन् । माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक कुशल पत्नीका रुपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन् ।
उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समपर्ण र सिद्धान्तप्रतिको निष्ठा, सीता दाहालका विशेषता हुन् । उनी आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनेछिन् । नेपालको राजनीति ईतिहासमा जति प्रचण्डको नाम र काम र सम्मान छ तेसलाई खोतल्दै जाने हो भने सबै तिर सीता भेटिन्छिन ।

























