पेरिसडाँडास्थित पार्टी मुख्यालयमा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोक्ने विभिन्न चार पार्टीहरूलाई छलफलका लागि बोलाएको हो ।
अहिले पाँचै कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा बसिरहेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । यस्तै नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायतका शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले बैठकमा समसामयिक राजनीतिक विषय वस्तुहरूमा छलफल भइरहेको जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























