२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । पाउण्ड स्टर्लिङ भने हिजोको तुलनामा आज केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा थियो ।
यसैगरी आज स्विस फ्र्यांक एकको खरिददर १७१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।











![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)








