युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा गएका छन्।
आफ्ना गुटका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निकालेपछि कोइरालाले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा आफूपक्षीय नेताको भेला बोलाएका छन्।
भेलामा सहभागी हुन् नेताहरु पुग्ने क्रम जारी रहेको कोइरालाको सचिवालयले जनाउको छ।
भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बोलाएका छन्। यसअघि कृषिमन्त्री रामनाथ अधिकारी, केही सांसद र केन्द्रीय सदस्यहरु भेलामा पुगेका छन्। केही बेरमा भेला सुरु हुने बताइएको छ।
प्रतिक्रिया जनाउनुहाेस्


























