विज्ञापन

माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।

‘स्थायी समिति बैठक १६ गते बस्ने निश्चित भयो । जागरण अभियानको समीक्षा, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ’, उनले भने ।

एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागिएको हो । गतवर्ष साउनको अन्तिम साता बैठक बसेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन