विज्ञापन

एमाले,सचिवालय बैठक आज बस्ने विधान संशोधनमा औपचारिक छलफल थाल्दै

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेले साउन १ गतेदेखि विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल सुरु गर्दैछ।
सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल हुनेछ।
एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी उम्मेदवार नपाउने व्यवस्थालाई हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी गरेको छ।
१ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन