विज्ञापन

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

विज्ञापन
Image
विज्ञापन

१ साउन, टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।
नगर प्रमुख रामलाल थारूले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् ।
नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु एक हजार, दोस्रो पटक रु तीन हजार र तेस्रो पटक रु पाँच हजार जरिवाना हुने उनले बताए ।
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक रु १० रु ५० र तेस्रो पटक रु १०० जरिवाना लिइने छ ।

प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु ६ हजार जरिवाना हुनेछ ।
नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन