विज्ञापन

बागमती प्रदेश सरकार: कांग्रेसका ४ जना मन्त्रीले आखिर किन दिए राजीनामा

विज्ञापन
Image
विज्ञापन

बागमती प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।

कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले रुपान्तरण खबर लाई बताए।

बागमतीमा कांग्रेस संसदीय दल नेता बहादुर सिं लामा मुख्यमन्त्री छन्। मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि मुख्यमन्त्री लामाले अस्वीकार गरेका छन्।

मुख्यमन्त्रीले आधा-आधा कार्यकाल मुख्यमन्त्री लिने पूर्वसहमति तोडेर सम्पर्कविहीन भएको आरोप मन्त्रीहरूको छ।

‘हामीले ह्वाटस्एपमार्फत् राजीनामा पठायौं, फोन गरेर पनि जानकारी गराइसकिएको छ,’ महर्जनले भने, ‘मुख्यमन्त्रीकै हातमा राजीनामा दिन भने पाइएन।’

उनका अनुसार यहाँ कांग्रेसले सांसद ईन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउन खोजेको छ। बानियाँ कांग्रेस बागमती प्रदेश सभापति पनि हुन्।

‘मुख्यमन्त्रीले आधा-आधा कार्यकाल भन्ने पूर्वसहमति मान्नुभएन। अब यहाँ सेट परिवर्तन हुन्छ, मुख्यमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव दर्ता गर्छौं,’ महर्जनले भने।
बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ल्याएको बजेटमाथि पार्टीभित्रै असन्तुष्टि छ।

‘अराजक ढंगले जानुभन्दा मन्त्रिमण्डल नै पूरै परिवर्तन गरेर जान खोजिएको हो,’ महर्जनले भने।

बागमतीमा संसदीय दल नेता पनि परिवर्तन गरिने महर्जनको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन