११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । आइतबार केन्द्रीय उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेप राख्न खोजेको हो ।
बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले मंगलबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।
केन्द्रीय बैंकले उक्त १ अर्बमध्ये वाणिज्य बैंकमा ८० करोड, राष्ट्रियस्तरको विकास बैंकमा १५ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा ५ करोड निक्षेप राख्ने छ । यसरी राखिएको निक्षेपको ब्याजदर भने त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
त्यसका लागि केन्द्रीय बैंकले सर्त पनि राखेको छ । केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायत सर्त केन्द्रीय बैंकले राखेको छ ।










![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg)