विज्ञापन

जनकपुरमा आफ्नै घरमा मृतक भेटिन एक महिला

विज्ञापन
Image
विज्ञापन
    • १२ साउन, जनकपुरधाम । जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा  ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।

पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
यता माइती पक्षले भने शोभा मण्डलको हत्या भएको दावी गरेको छ । माइती पक्षका अनुसार दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो ।

शोभाको बिहे पाँचवर्ष अघि चन्दनसँग भएको थियो । उनीहरुका एक छोरी छिन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन