विज्ञापन

खाली पानामा हस्ताक्षर गरेनन् शेखर पक्षका सांसदले

विज्ञापन
विज्ञापन

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् ।
पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए । त्यो जानकारी डा. कोइराला निकट सांसदहरूले डा. कोइरालालाई गराएका थिए । त्यसपछि कोइरालाले प्रयोजन खुलेपछि मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका स्रोतले जानकारी दियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन