विज्ञापन

निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई माओवादीको निर्देशन

विज्ञापन
Image
विज्ञापन

असोज १ काठमाडौं –  नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो ।

उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ दाहालको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’

जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गदै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ । बदलिँदो परिस्थितिलाई आत्मसाथ गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ । चुनावलाई सफल बनामएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने भन्दै उसले चुनावी तयारीका लागि गृहकार्य सुरु गरेको हो ।

अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने छ । ‘चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ,’ सचिव देवेन्द्र पौडेलले भने ।
आठ दलसँग विघटित संसद् पुन:स्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नभएको अनौपचारिक निष्कर्ष निकालेको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन