विज्ञापन

आगामी संघिय निर्वाचन गराउन विदेशी दाताको मुख ताक्दैनौंः अर्थमन्त्री

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने संघीय संसद् निर्वाचनका लागि आवश्यक बजेट जुटाउन नेपालले दातृ निकाय वा छिमेकी देशको सहयोग खोज्नुपर्ने अवस्था नआएको स्पष्ट पारेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले भने, “हामी चुनावको खर्चका लागि विदेशी दाताको मुख ताक्दैनौं, आफ्नै स्रोतबाट व्यवस्थापन गर्छौं।”

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नै नगरिएका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनामा करिब १ खर्ब १० अर्ब रुपैयाँ विनियोजन भएको पाइएको छ । उनले ती रकमलाई पुनः प्राथमिकताअनुसार व्यवस्थापन गरेर चुनाव लगायत आवश्यकतामा प्रयोग गर्न सकिने जानकारी दिए ।

खनालले आर्थिक शुद्धता, पारदर्शिता र स्रोतको सदुपयोगमार्फत मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने सरकारको प्रतिबद्धता दोहोर्‍याए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन