विज्ञापन

बालेन शाहको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह्र लौरो !

विज्ञापन
Image
विज्ञापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी पहिले नै निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी नाममा दर्ता भइसकेको खुलासा भएको छ । लौरो चुनाव चिन्ह्र भएको उक्त पार्टी बालेन शाह मेयरमा विजय भए लगत्तै उनकै समर्थनमा निर्वाचन आयोगमा दर्ता भएको दाबी गरिएको छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह्रबाट बालेन मेयरमा निर्वाचित भएका थिए । बालेनले प्रधानमन्त्री बन्न अस्वीकार गर्दा जनेजी युवाहरुले बालेन ६ महिनाका लागि नभएर चुनाव मार्फत ५ वर्ष प्रधानमन्त्री बन्नुपर्ने तर्कसँगै माग गरेका थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेसँगै फागुन २१ गतेका लागि चुनाव घोषणा गरिएको छ । फागुन २१ को चुनावमा बालेनले के गर्लान रु जेनजी युवा पुस्ताको माग अनुसार स्थानिय तहबाट उठेर संघीय राजनीतिमा आउँने हिम्मत गर्छन कि गर्दैनन् भन्ने प्रश्न उठिरहेको बेला उनी निर्वाचन आयोगमा दर्ता भइसकेको लौरो चुनाव चिन्ह्र भएको पार्टीबाट अघि बढ्ने तयारी गरिरहेको विश्लेषण हुन थालेको छ । २०७९ साल मङ्सिर ४ गते भएको आम निर्वाचनमा संघ र प्रदेश दुबैमा सहभागी भएको हाम्रो नेपाली पार्टीको अध्यक्ष अनन्तराज घिमिरे रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन