नेतृत्वको आचरण ठिक नभएको भन्दै विद्रोह गरेर राष्ट्रिय स्वतन्त्र त्यागेकी पूर्वशिक्षा एवं पूर्वसांसद सुमना श्रेष्ठ तनावमा परेकी छन् । बालेन शाह नै रास्वपामा प्रवेश गर्ने चर्चा भएसँगै समुना श्रेष्ठ तनावमा परेकी हुन् । बालेनको नेतृत्वमा अर्को वैकल्पिक नयाँ शक्ति स्थापना हुने बुझेर रास्वपा छाडेकी सुमना अहिले दोधारमा परेकी छन् । सुमनाले रास्वपा छाड्नु अघि बालेन पनि आफ्नै नेतृत्वमा नयाँ पार्टी स्थापना गर्ने रणनीतिमा थिए । सोही योजना अनुसार सुमना पनि बोलन कै नयाँ पार्टी रहेर काम गर्ने योजनामा रहेकी थिइन् । तर, बालेनले आफू एक्लै भन्दा पनि रास्वपासँग मिल्दा पुराना दललाई पराजित गर्न सक्ने वैकल्पिक शक्ति स्थापना हुने बुझेपछि रास्वपालाई समर्थन गरेका हुन् । सुमना आफैं एमाले, कांग्रेस र माओवादी पार्टीमा प्रवेश गर्ने सम्भावना न्यून रहेको छ । पछिल्ला अभिव्यक्तिमा सुमनाले पुराना भन्दा नयाँ वैकल्पिक शक्तिसँग सहकार्य गर्ने बताइरहेकी छन् । पत्रकार सम्मेलनमै कार्यवहाक सभापति डीपि अर्यालले सुमनालाई रास्वपामा स्वागतका लागि ढोका खुल्ला रहेको बताएका थिए ।
विज्ञापन

रास्वपा छाडेकी सुमना श्रेष्ठ तनावमा !
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
















