प्रधानमन्त्री शुशिला कार्कीले प्रधानमन्त्री निबास बालुवाटारमा बोलायको प्रमुख राजनितिक दलहरु र जेन्जी सहितको बैठकमा नेकपा माओवादी केन्द्रले पार्टीको धारणा प्रस्तुत गरेको थियो ।उक्त त्रिपक्षिय छलफलमा माओवादी केन्द्रले यी ५ बिषयमा आफ्नो धारणा राखेको माओवादी स्रोतले बतायको छ ।
१. नेकपा (माओवादी केन्द्र)ले जेन्जीले राखेका मागलाई पहिले पनि समर्थन गरेको र अहिले पनि समर्थन गर्दै आइरहेको छ। अहिले पनि जेन्जीका मागमा हामी साथमै छौं।
२. अहिले राजनीतिक र संवैधानिक प्रक्रियाअनुसार नागरिक सरकार बनेको छ। हामीले सरकार गठनकै बेलामा संसद्बाट अनुमोदन गर्दा राम्रो हुन्छ भनेका थियौं, त्यसो भएन। अब चुनाव गरेर राजनीतिक प्रक्रियालाई संवैधानिक प्रक्रियामा ल्याउनुपर्छ। चुनावको अर्को विकल्प अहिले छैन।
३. संविधान बन्ने बेला नै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा संविधानमा असहमति नै राखेका थियौं। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई प्रमुख बनाएर हामी अब चुनावमा जान्छौं। जेन्जी र हाम्रा मागहरू एकै प्रकारका भएकाले सके हामी सहकार्य गर्छौं। त्यसो भएन भने पनि हामी मुद्दामा सँगै हुन्छौं।
४. जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायमलगायतका विषयमा सरकारले ध्यान दिनुपर्छ। सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि अहिले सकिने कामहरू गरोस्। हाम्रो पार्टीको साथ र सहयोग रहन्छ।
५. जेन्जी सँग राजनीतिक संवाद र सहमति गर्न हाम्रो पार्टी तयार छ। जेन्जीहरूले संविधान, लोकतन्त्र र चुनावप्रति गरेको प्रतिबद्धताप्रति हाम्रो पार्टी आभार व्यक्त गर्दछ।

























