काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई आत्मनिर्भर बनाउन बिना धितो सहुलियत ब्याजदरमा १५ लाखसम्म बैङ्क कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने समावेश गरेको छ।
आज सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा दलित समुदायलाई आधारभूतदेखि माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको परम्परागत सीप, कला र श्रमको आधुनिकीकरण र औद्योगीकरण प्रवर्द्धन गर्न रैथाने सीप र कलासम्बन्धी विश्वविद्यालय स्थापना गरिने उल्लेख छ।
प्रतिक्रिया जनाउनुहाेस्


























