विज्ञापन

नेपाली काङ्ग्रेसको समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने निर्णय,

विज्ञापन
Image
विज्ञापन

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उनले बताए ।

‘बन्दसूची हामी निर्वाचन आयोगमा आजै पठाउँछौं । केही क्लस्टरमा तल माथि परेको खण्डमा हामीलाई आयोगले परिवर्तन गर्ने सुविधा दिन्छ,’ चालिसेले भने ।

निर्वाचन आयोगले नै नामहरू सार्वजनिक गर्ने पनि उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन