विज्ञापन

प्रतिनिधिसभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ — संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको जानकारी दिइन् । ‘मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो,’ उनले भनिन् ।

यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।  जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय सचिवालयसम्म आइनसकेको बताए । मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय आइपुगेपछि सांसदहरूले स्वकीय सचिव नियुक्तिको बाटो खुल्नेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन