विज्ञापन

धम्की र खतरापछि आरएएफ फेयरफोर्ड सैन्य अड्डाबाट अमेरिकी बमवर्षक विमान हटाइएको ट्रम्पको स्पष्टीकरण

विज्ञापन
Image
विज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतस्थित आरएएफ फेयरफोर्ड सैन्य अड्डाबाट अमेरिकी बमवर्षक विमानहरू हटाउनुको कारण उक्त अड्डामाथि देखिएको ‘खतरा’ रहेको बताएका छन् ।

सोमबार नेब्रास्का प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले सम्भावित खतराबारे जानकारी पाएपछि बमवर्षक विमानहरू फिर्ता सारिएको बताएको बीबीसीले जनाएको छ । उनका अनुसार विमानहरू संयोगवश त्यहाँबाट नहटाइएका हुन् ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आइतबार आरएएफ फेयरफोर्डमा रहेका करिब एक दर्जन बी– १ बमवर्षकलाई अमेरिकास्थित उनीहरूका गृह अड्डामा फिर्ता पठाइएको पुष्टि गरेको थियो ।

ट्रम्पले भने, ‘केही खतरा थिए । शत्रुलाई चुनौती दिने अवस्था सिर्जना गर्नुभन्दा हामी शत्रुलाई पत्ता लगाएर परास्त गर्नेछौँ । त्यसैले विमानहरू त्यहाँ राखिरहनुको अर्थ थिएन । हामीले तिनलाई केही स्थान सार्‍यौँ, धेरै टाढा भने होइन ।’

उनले उक्त धम्की दिने व्यक्तिहरू को हुन् भन्नेबारे अमेरिकालाई जानकारी रहेको दाबी गरे पनि थप विवरण भने दिएनन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले नयाँ सुरक्षा खतराका कारण बमवर्षकहरू फेयरफोर्डबाट हटाइएको हुनसक्ने समाचार सार्वजनिक गरेका थिए । गत २७ सेप्टेम्बरमा हवाई अड्डानजिकै तीनवटा ‘सन्दिग्ध सवारीसाधन’ देखिएपछि प्रहरी परिचालन गरिएको थियो ।

बेलायती प्रधानमन्त्री कार्यालयका एक प्रवक्ताले सोमबार आरएएफ फेयरफोर्ड सुरक्षित रहेको बताएका थिए । उनले गत साता ट्रम्पले उक्त अड्डाको सुरक्षाका सम्बन्धमा बेलायतका प्रहरी, रक्षा तथा सुरक्षा सेवाको प्रशंसा गरेको पनि उल्लेख गरे ।

फेयरफोर्डको रणनीतिक महत्त्व

ग्लुसेस्टरशायरको वेलफोर्ड गाउँनजिक रहेको आरएएफ फेयरफोर्ड अमेरिकी वायुसेनाले दशकौँदेखि अग्रिम सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दै आएको अड्डा हो ।

पछिल्ला महिनाहरूमा अमेरिकाले यही अड्डाबाट बी– १ र बी– ५२ बमवर्षकहरू मध्यपूर्वतर्फ परिचालन गर्दै आएको थियो । बेलायतले इरानविरुद्ध रक्षात्मक कारबाहीका लागि उक्त अड्डा प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थियो ।

रक्षा अध्ययन संस्था रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट (आरयूएसआई) का अनुसन्धान विश्लेषक क्रिस्टोफ बर्ग्सका अनुसार फेयरफोर्डबाट बमवर्षक हटाउँदा अमेरिकाको इरानविरुद्ध तत्काल ठूलो संख्यामा हवाई उडान सञ्चालन गर्ने क्षमता केही घट्न सक्छ ।

तर, लन्डनले फेयरफोर्डलाई केवल रक्षात्मक कारबाहीका लागि प्रयोग गर्नुपर्ने शर्त राखेकाले उक्त अड्डाको प्रयोग यसअघि नै सीमित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन