विज्ञापन

गौंथली’ को कमाई साढे १३ करोड नाघ्यो, बन्यो धेरै कमाउने सर्वकालिन १२ औं गौंथलीफिल्म

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । यतिबेला नेपाली फिल्म बजार चलायमान बनेको छ । एकातिर नेपाली भाषाको ‘गौंथली’ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ भने अर्कोतिर मप्टिप्लेक्समा ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ को दबदबा छ ।

‎यति हुँदाहुँदै पनि ‘गौंथली’ को कमाइ लोभलाग्दो छ । फिल्मले प्रदर्शनको १६ औं दिनसम्म (पछिल्लो शनिबारसम्म) देशब्यापी १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस (११ करोड ८५ लाख नेट) कमाएको छ ।

‎सोही अवधिसम्म यसका ४ लाख ९२ हजार ६५० वटा टिकट बिकेका छन् ।

‎आइतबारसम्म यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२ औं स्थानमा उक्लिएको छ । यहि गति कायम रहे यो फिल्मले ‘छक्कापञ्जा २’को कमाइ १४ करोड ५१ लाख रुपैयाँ ग्रसलाई चाँडै उछिन्न सक्छ ।

‎आइतबार सार्वजनिक बिदाको दिनमा दिउँसोसम्म फिल्मको कलेक्सन झन्डै १० लाख रुपैयाँ ग्रस छ । विशेषगरि काठमाडौं उपत्यका बाहिरका हलमा कपिल रिजाल र सुमन गिरीले निर्माण गरेको फिल्मको कमाइमा बढोत्तरी छ ।





प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन